इन्डोनेसियामा सवारी दुर्घटना, आठ जनाको मृत्यु, २० जना घाइते

६ मंसिर, एजेन्सी । इन्डोनेसियाको मध्य प्रान्त जाभामा सोमबार साँझ भएको एक सवारी साधन दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते अन्य २० जनालाई अस्पताल भर्ना गरिएको छ ।

स्थानीय समयानुसार साँझ करिब २०ः३० बजे वोनोगिरी क्षेत्रको बुमिहारजो गाउँमा यात्रु बोकेको मिनीबस पहाडमा चढ्ने क्रममा बिजुली गुमाउँदा दुर्घटना भएको हो ।

frontline

बिजुली गुमाएपछि मिनीबस स्थानीयको पोखरीमा खसेका प्रान्तीय प्रहरी प्रवक्ता इकबाल अल्कुदुस्सीले मङ्गलबार सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

घाइते सबैलाई थप पहिचानका लागि नजिकैको अस्पतालमा पठाइएको छ ।

इन्डोनेसियामा प्रायः क्षमता भन्दा बढी यात्रु सवार, खराब सडक अवस्था र चालकले सवारी साधन लापरवाह तरिकाले चलाउने कारण प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here