इन्डोनेसियामा बाढीका कारण ३० हजार बढी मानिस विस्थापित

२३ पुस, मेदान । इन्डोनेसियामा बाढीका कारण ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

नयाँ वर्षको सुरुवातसँगै इन्डोनेसियाली टापु सुमात्रामा अतिबृष्टिपछि आएको बाढीका कारण ३० हजारभन्दा बढी मानिस विस्थापित भएका हुन्।

frontline

इन्डोनेसियाको विपद् रोकथाम विभागले बिहीबार दिएको जानकारीअनुसार यस हप्ता भारी वर्षासँगै आएको बाढीका कारण दुई बालबालिकाको मृत्यु भइसकेको छ भने एक हप्ता नवित्दै ३० हजारभन्दा बढी स्थानीय विस्थापित भएका छन्।

यस हप्ता इन्डोनेसियाको पश्चिमी टापु सुमात्राको जाम्बी र आसिह प्रान्तमा भारी वर्षासँगै बाढी आएको थियो। बाढीका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

एकातिर कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रन संक्रमण र अर्कातिर बाढिको चपेटामा त्यहाँका मानिसहरु परिरहेको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here