इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा, १२९ जनाको मृत्यु

१६ असोज, काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२९ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

frontline

पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हुलदंगामा करिब १८० जना घाइते भएका छन् ।

हार्ने पक्षका समर्थकहरू हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।

घटनापछि लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here