इन्डोनेसियाको दक्षिणी तटबाट निस्केको ज्वारभाटाले बगाएर ११ को मृत्यु

२ फागुन, काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका छन् ।

दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब साढे १२ बजे भएको बताइएको छ । दुर्घटनामा परेका १२ जनालाई भने जीवितै उद्धार गरिएको बताइएको छ ।

frontline

प्राप्त जानकारी अनुसार जेम्बर जिल्लाको पयाङ्गन समुद्री किनारमा परम्परागत अनुष्ठान सञ्चालन गरिरहेका २३ जनालाई सामुद्रिक ज्वारभाटाले बगाएको र उनीहरूमध्ये ११ जनाको मृत्यु भएको पूर्वी जाभास्थित प्रकोप व्यवस्थापन निकायका परिचालन एकाइ प्रमुख बुदी सान्तोसाले बताए ।

प्रशासनले सामुद्रिक इलाकामा कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको भए पनि उनीहरू रातिको समय समुद्र किनारमा भेला भएर प्रार्थना गरिरहेका अधिकारीहरूले फोनमार्फत् सिन्ह्वालाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here