इटालियन सिरी ‘ए’मा एट्लान्टाको सानदार जित

१७ फागुन, एजेन्सी । इटालियन सिरी ‘ए’मा एट्लान्टाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लान्टाले साम्पडोरियालाई ४–० गोेल अन्तरले पराजित गरेको हो ।

एट्लान्टालाई सानदार जित दिलाउनको लागि टिउन कुपमाइनर्सले दुई गोल गरे भने मारियो पासालिस र एलेक्से मिरानचुकले समान एक–एक गोल गरे ।

frontline

खेलेको छैटौं मिनेटमा पासालिसले गोल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा टिउन कुपमाइनर्सले गोल गर्दै एट्लान्टाको अग्रता दोब्बर बनाए ।

६१औं मिनेटमा टिउन कुपमाइनर्सले नै गोल गर्दै खेल ३–० ले अघि बढाए । मिरानचुकले ८६औं मिनेटमा गोल गर्दै एट्लान्टालाई सानदार जित दिलाए ।

यो जितसँगै एटलान्टा पाँचै स्थानमा यथावत रहेको छ । उसले २६ खेलबाट ४७ अंक जोडेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here