इजरायल र प्यालेस्टाइनबीच हिँसा झन चर्किंर्दै

फ्रन्टलाइन विश्व । इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै गएको छ । इजरायलले गरेको हवाइ आक्रमणमा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा ठूलो भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरायलमाथि दर्जनौँ रकेट प्रहार गरेका बीबीसीले जनाएको छ ।

संघर्ष चर्कँदै गएपछि संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताएका छन् । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायली प्रधानमन्त्री नेता न्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिएका छन् ।

frontline

सोमवारदेखि सङ्घर्ष निकै चर्किएपछि राष्ट्रसंघले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको हो । सोमबार यता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरायलमा सात जनाको ज्यान गएको छ ।

हप्तौँदेखि इजरायल–प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपछि लडाइँ सुरु भएको हो । मुस्लिम तथा यहुदी दुवैको पवित्र स्थल अल अक्सा मस्जिदमा पछिल्लो समय तनाव चर्किएको हो । इजरायलभित्रै पनि यहुदी तथा अरब समुदायको मिश्रित बसोबास भएका क्षेत्रहरूमा पनि थप हिंसा भड्किएका छन् । हिंसाका कारण हिजो बेलुकी तीन सय ७४ जनालाई पक्राउ गरिएको र आफ्ना ३६ जना अधिकारी घाइते भएको इजरायली प्रहरीले जनाएको छ । इजरायलका राष्ट्रपति रूबेन रिभ्लिनले यहुदी तथा अरब इजरायलीहरूलाई अर्थहीन गृहयुद्धमा धकेलिने काम नगर्न अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here