इजरायलको हवाई आक्रमणमा चार नागरिकको मृत्यु, सात जना घाइते

९ मंसिर, काठमाडौं । मध्य सिरियामा बुधवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । 

यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरू रहेको आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । 

frontline

इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । ६ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ । 

आक्रमण देशको मध्य भागका स्थानहरूलाई लक्षित गरी गरिएको समाचार एजेन्सी सानाले जनाएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन ।

सिरियाको हवाई सैन्य बलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेको सानाले समाचार समितिले जनाएको छ । 

सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध शुरू भएदेखि इजरायलले सिरियाली भूमिमा सयौं हवाई आक्रमणहरू गरेको छ ।  सरकारी स्थानहरू साथै इरान समर्थित सेनाहरू र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ  । 

इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्चप्याड’ बन्न नदिने बताउँदै आएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here