इच्छाराज तामाङ नेपाल छाड्ने तयारीमा रहेकै बेला प्रहरीद्वारा पक्राउ

९ मंसिर, काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई नेपाल छाड्ने तयारीमा रहेकै बेला प्रहरीले पक्राउ गरेको खुलेको छ । उनलाई नेपाल छाड्ने योजना बनाइरहेकै बेला पक्राउ गरिएको हो ।

इच्छाराज तामाङसहित १२ जनाविरुद्ध झन्डै १५ सयजनाले उजुरी दिएका छन् । उनीहरूविरुद्ध १४ सय ८० जनाले उजुरी दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

frontline

सीआईबी प्रमुख धीरजप्रताप सिंहले भने, “उनी पक्राउ नपरेको भए नेपाल छाड्ने तयारीमा थिए । झन्डै दुई महिना लगाएर हामी पक्राउ गर्न सफल भयौँ ।”

तामाङसहित सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा १२ जनालाई गएको असोज १८ गते सीआईबीको टोलीले पक्राउ गरेको थियो । तामाङकी श्रीमती फरार छिन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको ब्युरो प्रमुख डीआईजी सिंहले बताए । प्रहरीले आज–भोलिमै उनको मुद्दा बुझाउने तयारी गरेको छ ।

तामाङले सिभिल सहकारीमा १४ सय ८० बचतकर्ताको पाँच अर्ब ६३ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ ।

तामाङले सिभिल सहकारीबाट ९० प्रतिशत बढी रकम आफ्नै नातागोताका नाममा विभिन्न कम्पनी खडा गरेर ‘लोन’ लिएको पाइएको छ ।

तामाङबाट सरकारी उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी समेत ठगिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here