इँटा बोकेको ट्रकमा आगलागी, ट्रक पूर्णरुपमा क्षति

फाइल तस्बिर

१७ चैत, भरतपुर ।  भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।

frontline

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो ।

आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here