आर्मीलाई पराजित गर्दै मनाङ मस्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

फाइल तस्बिर

१४ माघ, पोखरा ।  विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मस्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आहा रारा गोल्डकपको ६ पटक च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै फाइनलमा एपीएफ संगको भेट पक्का गरेको छ। 

frontline

खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

पेनाल्टीमा मनाङका फ्रान्कलिन कुटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले अफिजले गोल गरे। दोस्रो नम्बरमा पेनाल्टी प्रहार गरेका विश्व अधिकारीको बल पोलमा लागेर बाहिरिएको थियो। 

उता पहिलो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका आर्मीका कप्तान भरत खवासले गोल गरे। दोस्रो नम्बरमा आएका दिपक गुरुङको प्रहार पोलमा लागेर बाहिरियो।

तेस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका जर्ज प्रिन्स कार्कीले गोल गरे। चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका युद्ध शाहीको प्रहार मनाङ्का गोलरक्षक अशोक बरालले बचाउँ गरे। पाँचौ नम्बरमा बल प्रहार गर्न आएका विवेक बस्नेतले गोल गरे पनि हार टार्न सकेनन्। 

यस अघि खेलको सुरुवाती ९ औं मिनेटमा मनाङका कप्तान विमल रानाले पाएको पेनाल्टी पोलमा लागेर बाहिरिएको थियो। आर्मीका डिफेन्डर युद्द शाहीको पेनाल्टी क्षेत्रमा ह्यान्ड भएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो।

खेलको ३५ औं मिनेटमा आर्मीका विवेक बस्नेतले पेनाल्टी क्षेत्रभित्रमा पाएको गोल गर्ने अवसर खेरफालेका थिए। त्यसपछि पाएको बल जर्जप्रिन्स कार्कीको दोस्रो प्रहार मनाङका गोलरक्षकले पञ्च गरेर बचाए।

मनाङले पनि निर्धारित समय र अतिरिक्त समयमा पाएका अवसर गोल गर्नबाट चुकेको थियो। बिहीबारको खेलमा मनाङका गोलरक्षक अशोक बराल म्यान आफ दि म्याच घोर्षीत भए। 

अव ६ पटकको आहा रारा गोल्डकप च्याम्पियन मनाङ उपाधी पहिलो पटक जित्ने रणनितीका साथ मैदानमा उत्रने एपीएफ संग शनिबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्ने छ। एपीएफ मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर फाइनलमा पुगेको हो। 

खेलपछि प्रतिक्रिया दिँदै त्रिभुवन आर्मी क्लबको प्रशिक्षक राजु तामाङले आप्नो पहिलो रोजाइएका खेलाडी चोटग्रस्त भएर रिप्लेश गर्दा खेलमा ब्यालेन्स नमिलेको सुनाए।

यति हुँदा पनि आप्नो खेलाडीले राम्रो प्रदर्शन गरेको उनले सुनाए। गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोरनु परेको पनि उनले बताए। 

मनाङका प्रशिक्षक अयोद्जी फुजाले आर्मी संगका खेल प्रतिस्पर्धात्मक रहेको सुनाए। पहिले हाफको सुरुमै पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा खेल लम्बीएको बताए। आजको जितमा विशेष गरी गोल रक्षकको उत्कृष्ट योगदान रहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here