आयल निगमको अत्याधुनिक कर्पोरेट भवन बनाउने ठेक्का लाग्यो

सोमबार, काठमाडौं। नेपाल आयल निगमले तीन वर्षभित्र बबरमहलमा अत्याधुनिक कर्पोरेट भवन बनाउने भएको छ।

दुई तल्ला वेसमेन्ट (अन्डरग्राउण्ड पार्किङ) र  १० तल्लाको भवन हुनेछ। कर्पोरेट भवनको ठेक्का केसी- समानान्तर-रेलिगेर जेभीले पाएको छ।

frontline

निगमका अनुसार तीन वर्षभित्र भवन निर्माण सक्नेगरी यो कम्पनीलाई ठेक्का दिइएको छ। निगमले १ अर्ब २५ करोडमा कर्पोरेट भवन बनाउने गरी ठेक्का आह्वान गरेको थियो।

तर केसी-समानान्तर-रेलिगेर जेभीले ३५.७० प्रतिशत कम मूल्यमा बोलपत्र हालेको थियो। यो कम्पनीले ९७ करोड (भ्याटबाहेक ८० करोड ९९ लाख)मा ठेक्का हालेको थियो।

निगम स्रोतका अनुसार नौ वटा कम्पनी प्राविधिक रूपमा पास भएर आर्थिक प्रस्ताव माग गरिएको थियो।

भूकम्पले बबरमहलको कर्पोरेट भवनमा क्षति पुगेपछि नयाँ भवन बनाउने निर्णय भएको थियो।

पाँच वर्ष अघि एनट आर्किटेक्चर एण्ड आर्किटेक्ट कम्पनीले कर्पोरेट भवनको डिजाइन तयार गरेपनि बल्ल ठेक्का प्रक्रियामा गएको हो।

यो कम्पनीले सिंहदरबारको महान्यायाधिवक्ता कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण भवनको डिजाइन गरेको थियो।

वार्षिक दुई खर्बको कारोबार गर्ने निगमले बनाउन लागेको यो अत्याधुनिक भवनको विल्टअप एरिया ९ हजार ५ सय ६५ स्क्वायर मिटर हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here