आयरल्याण्डले नेपालसामू १२८ रनको लक्ष्य

२ फागुन, काठमाडौं । चार देशीय शृंखलाको अन्तिम खेलमा आयरल्याण्डले नेपालसामू १२८ रनको लक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड इनिङ्सको अन्तिम बलमा अलआउट भयो ।

frontline

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । उत्कृष्ट बलिङ प्रदर्शनसहित नेपालले आयरल्याण्डलाई सुरवातदेखि नै दवावमा राखेको थियो ।

सुरुवाती ६ ओभरमै आयरल्याण्ड ३५–३ को कमजोर स्थितिमा थियो । पहिलो ओभरमै कमलसिंह ऐरी, त्यसपछि जितेन्द्र मुखिया र अविनाश बोहोराले पावर प्लेमा विकेट लिएका हुन् ।

त्यसपछि दीपेन्द्रसिंह ऐरीको सानदार बलिङ आक्रमण सुरु भयो । दीपेन्द्रले ट्वान्टी–२० करिअरमै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दा टेष्ट टोली आयरल्याण्ड सस्तैमा खुम्चिन पुग्यो । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।

यो खेलमा कप्तान सन्दीप लामिछानेले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरे । उनी ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर हुन् ।

आयरल्याण्डका लागि जर्ज डकरेलले सर्बाधिक २८ रन जोडे । कर्टिस च्यम्परले २० र एण्डी बाल्बिर्नीले १९ रन जोडे ।

शृंखलाको पहिलो खेलमा ओमानमाथि ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो खेलमा युएईसँग २५ रनको हार ब्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here