आम जनता पार्टी द्वारा भन्सार बिभाग घेराऊ
आम जनता पार्टी निकट आम सम्पर्क मञ्चद्वारा “भन्सार नियमावलीबाट ४५% कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी” को लागि आज देखि पुनः भन्सार बिभागमा धर्ना तथा घेराऊ कार्यक्रम शुरू गरेकोछ ।
हिजो शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदक़ारी एवं लुटकारी राजस्व नीतिको बिरुद्ध आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार त्रिपुरेशर स्थित भन्सार बिभाग घेराऊ भएको हो ।
गत मिति २०८० भाद्र ३१ गते भन्सार विभागको महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरिएको संघर्षको पहिलो चरण अंतर्रगत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१-२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो । तर सरकारले यसको कूनै सुनवाई न गरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढ़ाईएकोछ ।
प्रतिक्रिया दिनुहोस्