आमा माईति अनि तिज-सरिता खड्का

आमा माईति अनि तिज-सरिता खड्का

कहिले पढाई कहिले जागीर माईतै जान पाईन । आमा संग मिठो दर कहिले खान पाईन ।।

frontline

लगभग १ दशक वितेर जादा पनि कति एउटै कुरामा अल्झेको भन्ने लाग्ला कतिलाई , तर यो मन , आमा विना १० औ दशक पनि उत्तिकै बेचैन, उत्तिकै आतुर, उत्तिकै अपुग, उत्तिकै अधुरो हुनेमा दुई मत छैन । सबैका लागी तिज उस्तै हुदैन, आमा गुमाएका छोरीहरुको लागी एउटा गहिरो खालिपन बोकेर आउछ, माइति त उही हुन्छ, आगन पनि उही हुन्छ, तर आवाज हुदैन, तेरो लागी कोही नभएनी म छु भन्ने आभास हुदैन, यो सबै कुरा छोरी मान्छेमा मात्र लागु हुने भन्ने चाही हैन, आमा गुमायका छोरा हरुलाई पनि उत्तिकै हिम्मत चाहिन्छ, खाली पन त कोखको भाको हो अनुभव सबै लाई हुन्छ, फरक यति हो हाम्रो समाज यो कुरामा छोरीलाई अलि बढी प्राथमिकता दिन्छ ।। विशेस गरि तिजको अवसरमा यो कुराको विशेष महत्व हुने गर्दछ । समय वित्दै जान्छ, हामी हास्त सिक्छौ, ब्यस्त हुन सिक्छौ, जिवनलाई अघि बढाउन सिक्छौ, तर आमा विना बाच्न चाहि कहिल्यै सिक्दैनौ , चाडपर्व आउदा वर्षौ पुरानो घाउलाई फेरि छोइदिन्छन

माईतिले सोधेको एक बाक्य “ दिदि÷बहिनी कहीले आउछौ, तिम्रो लागी हाम्रो घरको ढोका सदा खुल्ला छ ” सबै भन्दा बहुमुय उपहार हो। यसमा माईतिको अपन्त्व, तिमी हरु अझै यो घरका आफनै हौ भन्ने गहिरो भावना हो ।। माया सम्मान जे छ भोलीकोलागी साचेर नराखौ, एक अर्काको साथ मनमा हैन जिवनमा बाचुन्जेल देखाऔ, त्यसैले तीजको अवसरमा एउटा चेलीलाई माईतिले चुरा, सारी दक्ष्णिा होर्ईन, समय, सम्मान र माया दिए पुग्छ, चेली लाई माईतिको हासो खुसी बाहेक अरु उपहार केही चाहीदैन, समयले दुरी टाढा हुन सक्ला तर दाजुभाईको मनबाट एउटा चेलीलाई कहिले टाढा लैजान सक्दैन । माईतिको आगनमा टेकीएको छोरीको पाईला र दाजुभाई को आगनमा देखिएको खुसी भन्दा सुन्दर तिन सायद अरु होला ।।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here