आफ्नो घर बोलाएर युवकको हत्या गर्ने पक्राउ

मोरङ १८ साउनः उर्लाबारीमा युवकको हत्या गरेकोमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ५ बस्ने सुभाष तामाङ रहेका छन् ।
तामाङले गत मंगलबार उर्लाबारी नगरपालिका ४ आइतबारे घर भएका २१ वर्षीय कुशल दाहाललाई घरमा बोलाएर लाठी, धारिलो हतियार, खुकुरी, चुप्पी लगायत प्रहार गरी गम्भीर घाइते बनाएका थिए । दाहालको सो राति बीएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका तमाङलाई मोरङकै सुन्दर हरैँचा नगरपालिका ४ बाट पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानबाट तामाङले पूर्वयोजना बनाएर दाहालको हत्या गरेको पाइएको छ ।
उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ४ दिन म्याद थप गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here