आफ्नै भाइको हत्या आरोपमा महोत्तरीमा दाजुसहित दुई पक्राउ

काठमाडौं । महोत्तरी आफ्नै भाइको हत्या गरेको आरोपमा महोत्तरीमा दाजुसहित दुई जना पक्राउ परेका छन् ।

लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र भतिजा उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

frontline

गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा लक्ष्मण घाइते भएका थिए ।

उपचारका लागि काठमाडौं पठाइएका लक्ष्मणको शुक्रबार मृत्यु भएपछि विवाद र झडपमा संलग्न दुई जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ ।

मृतकको शव काठमाडौंमै पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

poster-here