आन्दोलनको नेतृत्व गर्दैै आएका नेपाल बारका तीन पदाधिकारीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

७ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनको नेतृत्व गर्दैै आएका नेपाल बारका तीन जना पदाधिकारीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ।

राणाको पक्षमा प्रर्दशन गर्दै आएको ‘द हण्ड्रेड ग्रुप’ले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।

frontline

ग्रुपका तर्फबाट अध्यक्ष बब्लु गुप्ताले पेश गरेको मुद्दा मंसिर ३ गते नै जिल्ला अदालतमा दर्ता भएको पाइएको छ। मुद्दाको दर्ता नम्बर ०७८–सीचार–१००७ रहेको छ।

मुद्दामा प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्च अदालत परिसरमै तथानाम गाली गरिएको, प्रधानन्यायाधीश राणाको मान मर्दन गरिएको उल्लेख गरिएको छ। बारले गर्दै आएको आन्दोलनमा राणाविरुद्ध चर्को नारा लाग्ने गरेको छ।

जिल्ला अदालत स्रोतका अनुसार राणाकै ठाडो निर्देशनमा मुद्दा दर्ता भएको हो।

राणालाई राजीनामा दिन बाध्य पार्न बारले उनले गरेका विवाददास्पद फैसला उपलब्ध गराउन आह्वान गरेको छ।

मुद्दा दर्ता भएपछि अदालतले दिएको निस्सा।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here