आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ

१० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् ।

प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षीय संयोजक खान र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here