आधारभूत स्वास्थ्य सेवामा अब्बल बन्दै कागेश्वरी नगरपालिका

नगरपालिकाले आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धश्यले स्वास्थ्य संस्था दर्ता तथा संचालन अनुगमन कार्यविधि पास गरेको छ ।तर सो कार्यविधि पास गरे पनि काम गर्न सकिरहेका छैनौँ र छिटै सो कार्यविधि अनुसार काम गर्ने तयारिमा रहेको नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले बताउनु भयो। ”नगरपालिका भित्र धेरै निजि स्वास्थ्य संस्था (फार्मेसी) भएकाले यति नै निजि संघ संस्था छन् भनेर भन्न सकिंदैन” उहाँले भन्नु भयो।

नगर भित्र भएका सबै फार्मेसीमा आफैं गएर औषधीहरु मिति सकिएका र नसकिएको के कस्तो राखेको छन्, उनीहरुले बेच्न पाउने/नपाउने औषधिहरु पनि राखेका छन् कि छैनन्, संस्था दर्ता गरेको छ कि छैन् भनेर हामी निरिक्षणमा जाने तयारिमा छौँ। संस्था अनुसार विशेषज्ञ नै लिएर अनुगममा जाने कोइरालालले कागेश्वरी खबरलाई जानकारी दिनुभयो।नगरपालिका भित्र अहिले कति निजि स्वास्थ्य संस्था छन् भन्न नसकिने कोइराला बताउनु हुन्छ। कति दर्ता भएका छन् र कति बिना दर्ता नै संचालनमा आएका छन् छिट्टै हामी अनुगमन गरि दर्ता नभएकालाई दर्ता गर्न लागाउने छौं।जनताका आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नेपाल सरकारले दिएका स्वास्थ्य सेवाहरु सबै वडाहरुले प्राप्त गरेका छन् । हामीलाई नेपाल सरकारले सुचिकृत गरेर नगरपालिकामा भएका स्वास्थ्य चौकीहरुले कुनले के के सेवा दिइने भन्ने कुरा अहिले संचालनमा आएका स्वास्थ्य चौकीले सेवा दिइरहेको कोइराला बताउनु हुन्छ ।स्वास्थ्य शाखा प्रमुख कोइरालाका अनुसार नगरपालिका भित्र एउटा मुलपानी नगर अस्पताल छ। पाँच वटा स्वास्थ्य चौकी छन्, चार वटा आधारभूत स्वास्थ्य केन्द्रहरु छन्, वडा नं १ मा दुई वटा प्रजन स्वास्थ्य र १ खोप क्लिनिक छन, २२ वटा खोप क्लिनिक छन, ११८ जना महिला स्वयंम सेविकाहरुद्वारा नागरिकले स्वास्थ्य सेवा पाइरहेका छन् ।

frontline

वडा नं १ देखि ९ सम्म सबै वडामा नै स्वास्थ्य संस्थाहरु छन् । तर वडा नं १ मा चाँही दुई वटा स्वास्थ्य सेवा केन्द्रहरु छन्। माथिल्लो भेग गागलफेदी चाहिं एकदमै दुर्गम भएकाले जनताका आधारभूत सेवा उनीहरुको घरसम्मै पु¥याउने उदेश्यले फेरी एउटा नँया स्वास्थ्य केन्द्र पनि खुलेको छ । त्यस्तै भद्रबासमा एउटा आयुर्वेद अस्पतालय सेवा पनि उपलब्ध रहेको उहाँले बताउनु भयो।कोरोना संक्रमण तथा रोकथामको लागि पनि नगरपालिकाले अब्बल काम गरेको छ।चार वटा बर्थिङ सेन्टर सन्चालन गरेका छ। त्यसैगरी नगर अस्पतालमा २४ सै घण्टा डाक्टर को सेबा प्रदान भैरहेको छ। त्यस्तै मधुमेहका बिरामीहरुलाई नि:शुल्क रगत परिक्षण गरिएको कोइरालाले जानकारी दिनु भयो। स्वास्थ्यको क्षेत्रमा सम्पूर्ण जनप्रतिनिधिहरुबाट साथ र सहयोग प्राप्त भएको पनि उहाँले बताउनु भयो।

कोइरालाका अनुसार स्वास्थ्य क्षेत्रमा बजेटको कुरा हामीलाई संघिय सरकार र प्रदेश सरकारबाट पनि सहयोग हुन्छ । हामीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनको लागि चाहिने स्रोत र साधनहरु जस्तैः खोप, परिवार नियोजनका साधनहरु, सुरक्षित गर्वपतन, प्रसुति सेवा आदी संघीय, स्थानीय, प्रदेश सरकारहरु मिलेर हामीहरुलाई सहयोग गरेको छ । त्यसै अनुरुप जनताहरुको माग अनुसार सेवा प्रदान गरिरहेको छौँ। रोग लाग्नु भन्दा रोग लाग्न दिनु हुन्न भन्ने कुराको जनचेतना सम्बन्धि कार्यक्रम बेलाबेलामा वडाहरुमा गर्ने गरेका छौँ। बेला बेलामा स्वास्थ्य स्वयम सेविकालाई पनि तालिम दिने गरेका छौं।अहिले सम्म अनुगमन गरिएका स्वास्थ्य संस्थाहरुमा त्यस्तो नराम्रो भेटेको छैनौँ उहाँले बताउनु भयो। नेपाल सरकारले दिएको खोप सेवा पनि हामिले प्रदान गरेका छौँ। निःशुल्क रुपमा सेवा दिने प्रक्रियाहरुमा पनि कुनै समस्या छन् कि देखा परेको छैन् ।नगरपालिका भित्रको स्वास्थ्य अबस्थालाई बुझी नगरपालिकाले एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको छ। साथै नगरपालिकाले केहि दिन अघिदेखि नि:शुल्क सव बाहन पनि संचालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here