आणविक धम्कीले काम नगरेपछि अर्को उपायको खोजीमा रुस

रुससँग विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ। र, रुस यो कुरा अरुलाई याद दिलाइराख्न पनि चाहन्छ। नेटोलाई पठाएको एउटा दस्ताबेजमा रुसको सरकारले प्रस्ट भाषामा लेखेको छ, ‘हामी आफ्नो भूभागको रक्षा गर्न आणविक हतियारसहित हामीसँग उपलब्ध सम्पूर्ण सैन्य शक्ति र हतियार प्रयोग गर्न समेत तयार छौँ।’

कलिनिनग्रादमाथि उत्पन्न खतराको प्रतिक्रियास्वरूप यस्तो चेतावनी दिएको रुसको भनाइ छ। कलिनिनग्राद पोल्यान्ड र लिथुवानियाबाट घेरिएको र रुसको मुख्यभूमिसँग नजोडिएको क्षेत्र हो। अक्टोबर १ मा त पुटिन आफैँले यसबारे बोले। कलिनिनग्रादमाथि आक्रमण भए रुसले ‘आफूसँग भएका सबै हतियार प्रयोग गर्ने’ उनको भनाइ थियो। पुटिनले फ्रान्स र बेलायतसँग पनि आणविक हतियार भएको स्वीकारे। तर, उनले फूर्ति गर्दै भने, ‘हामीसँग हतियारका हिसाबले बराबरी गर्न सक्ने कोही छैन।’

frontline

कुनै समय पुटिनले यस्तो धम्की दिँदा त्यो संसारभरका सञ्चारमाध्यमका प्रमुख खबर बन्थे। तर, यसपालि बेलायतमा पुटिनको धम्कीभन्दा म्यान्चेस्टर सिटी फुटबल क्लबको लफडा ठूलो समाचार बन्यो। फ्रान्स त झन् विद्यार्थीहरूको हुलदंगामै व्यस्त रह्यो।

केही सुरक्षा विज्ञ चिन्तित छन्। कतै रुसले कलिनिनग्रादमाथि खतरा देखाएर नेटोको भूभागभित्र सैन्य कारबाही गर्न खोजेको त होइन! तर आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनीलाई पछिल्लो समय धेरैले गम्भीरतापूर्वक लिन छाडेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here