आठराई त्रिवेणी गाउँपालिकाले सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२९ साउन, ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आफ्नो पालिका भित्रका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका ७ जना विद्यार्थीलाई गाउँपालिकाले  कक्षा ११ र १२ मा प्राविधिक विषय पढ्नका लागि छात्रवृत्तिको व्यवस्था मिलाउन लागेको गाउँपालिकाले जनाएको  छ ।

frontline

पालिकाले छातेढुङ्गा मावि, चाँगे मावि, सरस्वती मावि, दुर्गा मावि, गुप्तेश्वर मावि र सरस्वती माविमा अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षातर्फ प्राविधिक विषय अध्ययन गर्न वार्षिक जनही एक–एक लाख रुपैयाँका दरले छात्रवृत्ति दिइने गाउँपालिकाका अध्यक्ष दिपेन पोमुले बताउनुभयो । 

यस्तै आठराईले पालिकाभित्र कक्षा ११ र १२ पढाइ हुने तीन वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ ।

पालिकाभित्र रहेका सरस्वती माध्यमिक विद्यालय हाङपाङ, दुर्गा मावि फुलबारी र चाँगे मावि चाँगेमामा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीले तिर्नुपर्ने सबै शुल्क गाउँपालिकाले तिरिदिने अध्यक्ष पोमूले जानकारी दिनुभयो । 

शुल्कबापत गाउँपालिकाले सरस्वती मावि हाङपाङ र दुर्गा मावि फुलबारीलाई ६–६ लाख र चाँगे माविलाई चार लाख रुपैयाँ भुक्तानी दिएको अध्यक्ष पोमुले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here