आज साउन महिनाको पहिलो सोमबार,भगवान शिवको पूजाआराधना गरिदै

फाइल तस्बिर

२ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजाआराधना गरिएकाे छ ।

आज सोमबार विशेष गरेर महिलाहरुले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्ने गर्दर्छन् । साउन महिनाभर भगवान शिवको विशेष व्रत बस्ने चलन समेत रहेको छ ।

frontline

साउनको सोमबार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । पशुपति मन्दिर दर्शन गर्न पुगेकाहरुको लागि ४ ठाउँबाट लाइनको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here