आज सत्ता गठबन्धन बैठक बस्दै

फाइल तस्बिर

१६ भदौ, काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज बिहीबार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू हुनेछ ।

frontline

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटका लागि बैठक बस्न लागेको हो ।

बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो ।

गठबन्धन भित्रका दलहरुले सिटमा आफ्नो आफ्नो दाबी नछोड्दा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here