आज राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको दर्शन एवं पूजाआजा

श्रोत : ईन्टरनेट

१७ असोज, बनेपा । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजाआजा गरेकी छन् ।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्पराबमोजिम उनले पूजाआजा र दर्शन गरेकी हुन् । उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् ।

frontline

राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन् ।

जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो । पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छविकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here