आज प्रदेश १ का सांसदहरु शपथ लिदै

११ पुस, काठमाडौं । प्रदेश–१ को प्रदेश सभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिदैछन् ।

शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

frontline

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई दिउँसो साढे १२ बजे शपथग्रहण गराउनु हुनेछ ।

त्यसपछि दिउसो साढे १ बजे सांसदहरुको लागि पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका ९३ सदस्यमध्ये पाँच जनाले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार पाँचथरबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का नेता इन्द्रबहादुर आङ्बो, इलामबाट निर्वाचित खिनु लङ्वा लिम्बु, पाँचथरबाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु, ताप्लेजुङबाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले याक्थुङ अर्थात लिम्बू भाषामा शपथ लिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here