आज नेप्सेमा हरियाली, २ अर्बको कारोबार
९ फागुन, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा हरियाली छाएको छ । सोमबार सम्पुर्ण समुहका नेप्से परिसुचक बढेका छन् ।
आज नेप्से परिसुचक २५ दशमलव ४१ अंकले बढेर २७ सय १८ दशमलव ५१ विन्दु कायम भएको छ ।
त्यस्तै शेयर बजार सुचक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव १५ अंकले बढेर ५१८ दशमलव ७९ बिन्दुमा रोकिएको छ ।
आज २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयर कारोबार भएको नेप्सेले. जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्