आज गणेश चतुर्थी, भगवान गणेशको विशेष पूजा आराधना गरी मनाइँदै

१५ भदौ, काठमाडौं । भगवान गणेशको विशेष पूजा आराधना गरी आज (बुधबार) गणेश चतुर्थी मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिलाई गणेश चौथीको नाममा मनाउने चलन छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले साेमबार भगवान गणेशको विशेष पूजा आराधना गर्ने गर्दछन् ।

frontline

उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा हुने गर्दछ ।

भगवान गणेशलाई विशेष लड्डु चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु चढाउन पुग्ने गर्दछन् ।

सनातन धर्मालम्बीहरु कुनैपनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्ने गर्दछन् । आजैका दिन भगवान गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ ।

हरितालिका तीजको भोलिपल्ट गणेश चतुर्थी पर्ने भएकाले मंगलबार व्रत बसेका महिलाहरुले साेमबार बिहानै गणेशको पूजा गरेपछि मात्रै खाना खाने गर्दछन् ।

बिहिबार ऋषिपञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीज औपचारिक रुपमा समापन हुन्छ । गणेश चौथीको दिन नेवार समुदायले भने साँझ चन्द्रमाको पूजा गरेर चथा पर्व मनाउने गर्दछन् ।

चन्द्रमालाई बुधबार चोर देवताका रुपमा पूजा गर्ने गरिन्छ । गाउँ घरमा आजको दिन कांक्रा तथा फलफूल चोरेर रमाइलो गर्ने चलन पनि रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here