आज किराँत समुदायले उँभौली पर्व मनाउँदै

काठमाडौँ ।  आज किराँत समुदायले उँभौली पर्व मनाउँदैछन् । किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले उँभौली अर्थात चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । 

किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । 

frontline

मार्गशिर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।

 वैशाख पूर्णिमापछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

 वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ ।- न्युज एजेन्सी नेपाल

उँभौली

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here