आचारसंहिता प्रधानमन्त्री नै मान्दैनन्

१५ साउन, काठमाडौं ।

काठमाडौं । आउँदो जेठ ६ गते वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागू भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा सामाजिक सञ्जालमार्फत मत माग्न र समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन । 

“यस अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार–प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, उमेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लेखित आचरणहरु पालना गर्न/गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

frontline

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नै आचारसंहिता उलंघन गरेका छन् । एमालेका पार्टी अध्यक्षसमेत रहेका ओलीले मौन अवधिमा आफ्ना पार्टीका उमेदवार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै ओलीले पार्टीको निर्णय उलंघन गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

बिहीबार हुने निर्वाचनमा विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उमेदवार बनाएको छ । उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल–नेपाल समूहको तर्फबाट उमेदवार बनेका हुन् । ओलीले खनाल–नेपाल समूहलाई चेतावनी दिँदै बादललाई मत दिन अपिल गरेका हुन् ।
 
त्यसो त निर्वाचन आचारसंहिता लागू भइसकेपछि एमालेका उमेदवार बादल मन्त्री नियुक्त भएका थिए । उनले वैशाख ३१ गते मन्त्री पदको सपथ लिएका थिए । उनले पनि आचारसंहिताको पालना गरेनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here