आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

८ चैत्र, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

frontline

मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताए । अध्यक्ष ओलीले जय मधेश भन्ने नै एमालेले भएको पनि जिकिर समेत गरे । एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको उनको दाबी थियो ।

अध्यक्ष ओलीले भनेका छन्, ‘आगामी इलेक्सनमा हामी बहुमत ल्याउछौं । र, ल्याउनुपर्छ यस देशका लागि । म साथीहरुलाई आग्रह गर्न चाहन्छु– हामीले बहुमत ल्याउनपर्छ, ल्याउने गरी लाग्नुस । देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ । समृद्ध नेपाल बनाउनुपर्छ ।’

यसका साथै अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ ? भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरुको हित नहुने भन्ने हुनै नसक्ने उनको तर्क थियो ।

अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको उल्लेख गर्दै उनीहरुलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताए ।

उनले भनेका छन्, ‘म सबै साथीहरुलाई ढुक्क हुन आग्रह गर्दछु । आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन । देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधिनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितहरुको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हितहरु सुरक्षित नहुने भन्ने हुँदैन । सिंगै देश सुरक्षित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here