आईपीएल क्रिकेटमा आज मुम्बई र बेंगलुरु भिड्दै

२५ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एक खेल हुँदै छ । आज दुई चर्चित टिम मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुँदै छन् ।
मुम्बई स्थित वाङ्खडे स्टेडियममा खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । मुम्बईको कप्तानमा हार्दिक पाण्ड्या छन् भने बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् ।




मुम्बईले हालसम्म ४ खेल खेल्दा १ जित मात्र निकालेको छ भने बेंगलुरुले ३ खेलमा २ जित निकालेको छ । दुवै टोली आ-आफ्ना पछिल्लो खेलमा पराजित भएका छन् । त्यसकारण आजको खेल जितेर फेरि लयमा फर्कन चाहने छन् ।
मुम्बईका लागि एउटा ठुलो बुस्ट के हुनेछ भने स्टार पेस बलर जसप्रित बुमराह टोलीमा फर्कँदै छन् । यस वर्षको सुरुवात तिरै अस्ट्रेलिया भ्रमणना रहँदाका बेला उनी चोटका कारण टिमबाट बाहिरिएपछि च्याम्पियन्स ट्रफी पनि गुमाएका थिए भने आईपीएलको पनि ४ खेल गुमाइसकेका छन् ।
अंकतालिकामा हाल बेंगलुरु ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने मुम्बई ४ खेलमा २ अंकसहित आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्