‘आइसोलेशन सेन्टर’ बनाउँदै नेपाली सेना

सल्यान । सल्यानमा नेपाली सेनाले ‘आइसोलेशन सेन्टर’ निर्माण गर्न सुरु गरेको छ ।

शारदा नगरपालिका-२ खलंगा स्थित स्वास्थ्य सेवा कार्यालय परिसरमा जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकाको आर्थिक सहयोगमा अक्सिजन सहितको २० वेड क्षमताको अस्थाई आइसोलेशन सेन्टर निर्माण कार्य सुरु भएको सबुज गण सल्यानका गणपति प्रमुख कञ्चन कृष्ण बस्नेतले जानकारी दिए ।

frontline

सबुज गणबाट सह-सेनानी दिपक कुमार बुढाथोकीको कमाण्डमा सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि उक्त निर्माण कार्य सुरु गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here