आइसीसी क्रिकेट विश्वकप लिग-२ : क्यानडासंंग नेपाल पराजित
त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली क्यानडासंग नेपाल पराजित भएको छ ।
नेपाल क्यानडासंग १ सय ३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो ।
यस अघि क्यानाडाको ओनटेरी स्थित नर्थ वेस्ट ग्रोउण्ड किंग्स सिटमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेर घरेलु टिमलाई पहिला व्याटिङ निमन्त्रणा दिएपछि क्यानडाले निर्धारीत ५० ओभरमा ८ विकेटको क्षतिमा २५३ रन बनाएको थियो ।
जवाफमा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५० रन जोड्न सक्यो ।क्यानडासँग ओडिआई इतिहासमा नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि भएका तिन खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।
क्यानडाका लागि सबैभन्दा वढि कप्तान निकोलस किर्टनले आउट नभई ४४ बलमा ६ छक्का र ३ चौक्कासंगै ७३ रनको योगदान दिए । त्यसैगरी नवनीत धालिवाल ४८ , डिलोन हेलिगरले ३० र हर्ष ठाकर २७ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशी समान दुई विकेट लिए । कप्तान रोहित पौडेल सन्दीप लामिछाने र गुलसन झाले समान एक विकेट लिए ।
जितको लागि २५४ रन पछ्याएको नेपालका लागि सबैभन्दा वढि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रन बनाए । ओपनर आसिफ शेख २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने कप्तान रोहित पौडेलले पनि ५ रन मात्र बनाउन सके । यि चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका हुन ।
आइसीसी क्रिकेट विश्वकप लिग २ मा सहभागी ८ राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।
नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ ।नेपालविरुद्धको जितपछि क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्