अस्पताल निर्माणका विषयमा विवाद हुँदा बैतडीको मेलौलीमा झडप, २६ जना घाइते

फाइल तस्बिर

८ पुस, काठमाडौं । अस्पताल निर्माणका विषयमा विवाद हुँदा बैतडीको मेलौलीमा झपड भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पन्थीका अनुसार १५ शैयाको अस्पताल कहाँ बनाउने भन्नेबारे विवाद हुँदा झडप भएको हो ।

बिहीबार भएको झडपमा दुबै पक्ष गरी २६ जना घाइते भएको पन्थीले बताए । “स्पताल कहाँ बनाउने भन्नेबारे विवाद हुँदा झडप भएको हो ।

frontline

झडपमा २६ जना घाइते भएका छन्,” प्रजिअ पन्थीले बाह्रखरीसित भने । घाइतेहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मैलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आफ्नो वडामा स्वास्थ्यचौकी बन्नुपर्ने माग राखेपछि झडपको स्थिति सृजना भएको हो । प्रजिअ पन्थीका अनुसार अस्पताल बनाउने विवाद २०७० साल देखिको हो ।

मंगलबार वडा नं ७ का स्थानीयले केशरपुर स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउनुपर्ने माग राख्दै तालाबन्दी गरेका थिए ।

“दुवै वडाका स्थानीयहरुले आ–आफ्नौ वडामा अस्पताल बनाउनुपर्ने माग राखेपछि झडपको स्थिति आएको हो ।” प्रजिअ पन्थीले भने । 

अहिले मेलौलीको अवस्था सामान्य छ । दुवै पक्षबीच कहाँ अस्पताल बनाउने भन्नबारे छलफल भइरहेको प्रशासनले जनाएको छ । 

”””””””””””””””

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here