अष्ट्रेलिया भित्रने विद्यार्थीले अब क्वारेन्टाइन बस्नु नपर्ने

२६ कार्तिक, अष्ट्रेलिया । अष्ट्रेलियाको न्युसाउथवेल्स राज्य सरकारले सिड्नी भित्रने अन्य मानिससरह विद्यार्थी पनि क्वारेन्टाइन बस्नु नपर्ने नियम बनाएको छ।

लामो समयको कोरोना महामारीले यसअघि सिड्नी भित्रने जो सुकैले अनिवार्य रूपमा क्वारेन्टानइन बस्नुपर्ने नियय थियो।

frontline

राज्य सरकारको पछिल्लो निर्णयले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीले ठूलो आर्थिक ब्ययभार र क्वारेन्टाइन समस्याबाट मुक्ति पाउने भएका छन्। 

न्यु साउथ वेल्स राज्य (सीड्नी) को विद्यार्थी परियोजनाअन्तर्गत इन्डोनेसिया, सिंगापुर, भियतनाम, दक्षिण कोरिया, चीन, क्यानडालगायतका १५ देशका २ सय ५० विद्यार्थी आगामी डिसेम्बर ६ मा चार्टर्ड विमानमार्फत सिड्नी आउनेछन्।

यस्तै दोस्रो चार्टर्ड विमानमार्फत दक्षिण एसिया र भारत तथा नेपालका विद्यार्थी आउनेछन्।

यद्यपी हालसम्म डिसेम्बरको तेस्रो साता सिड्नी आउने नेपाली विद्यार्थीको उपस्थिति बारे कुनै जानकारी छैन। 

न्युसाउथवेल्स राज्यका प्रिमीयर डोमीनीक पेरोटेले राज्यको विकास निमार्णमा अन्तर्राष्ट्रिय विद्यार्थीको ठूलो भूमिका हुने बताएका छन्।

कोभिड अगाडि करिब तीन लाख अन्तर्राष्ट्रिय विद्यार्थी राज्यमा रहेको र उनीहरूले करिब ९५ हजार साना तथा मझौला व्यवसायमार्फत राज्य सरकारलाई सहयोग गरेको प्रीमियर पेरोटेले बताए।

अस्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन, न्यु साउथवेल्स राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रीमियर डोमिनिकले सुनाए। 

अन्तर्राष्ट्रिय विद्यार्थी न्यु साउथवेल्समा भित्रँदा केन्द्रिय सरकारसँगको समन्वय र सहकार्य आवश्यक हुन्छ। सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई महत्वको विषयभित्र राखेको र राज्य सरकारको परियोजना अन्तर्गत डिसेम्बरबाट क्रमिक रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी न्यु साउथवेल्स भित्रने प्रीमियर डोमिनिकले बताए।

अस्ट्रेलिया आउने विद्यार्थीले कोरोनाविरूद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र र आउँदै गर्दा कोरोना परीक्षण गरेको हुनुपर्नेछ। तर अस्ट्रेलियाका अन्य राज्यले भने अन्तराष्ट्रिय विद्यार्थीका बारेमा क्वारेन्टाइनको नियमनबारे केही भनेका छैनन्।

अझै केहि राज्यमा अन्तरराज्य यात्रामासमेत क्वारेन्टाइन अनिवार्य छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here