अष्ट्रेलियामा ओमिक्रोनको गलत परीक्षण
१३ पुस, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा ओमिक्रोनको गलत परीक्षण भएको फेला परेको छ। सिड्नीस्थित सेन्ट भिन्सेन्ट प्याथोलोजी ल्यावमा ओमिक्रोन परीक्षण गराएका बिरामीको रिपोर्ट गलत भएको फेला परेको हो।
सो ल्यावले आइतबार ओमिक्रोन भेरियन्ट परीक्षण गराएका करिब १ हजार बिरामीको रिपोर्ट नेगेटिभ देखिएको बताइएको छ। यद्यपि, उनीहरुको कोरोना पोजिटिभ देखिएको बताइएको छ।
कोरोना जाँचको क्रममा त्रुटी हुँदा करिब १ हजार बिरामीको कोरोना रिपोर्ट पोजिटिभ या नेगेटिभ कुन हो भन्ने अझै अन्योल रहेको गार्जियनमा खबर छ।
आइतबार भएको त्रुटीप्रति सो ल्याबले माफी मागिसकेको र नयाँ परीक्षण सोमबार रातीसम्म पठाइने जानकारी दिएको छ।
यद्यपि, सो घटनाको सत्यतथ्य छानविन गर्न त्यहाँको सरकारी स्वास्थ्य निकायले स्पष्टीकरण माग्ने बताइएको छ।
अष्ट्रेलियामा ओमिक्रोनका कारण सोमबार पहिलो मृत्यु भएको पुष्टि गरिएको थियो। ८० वर्षीय पुरुषको मृत्युको कारण ओमिक्रोन भएको बताइएको पनि सो रिपोर्ट गलत भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्