अष्ट्रेलियाको संसद भवन अगाडि वातावरण बचाउन माग गर्दै प्रदर्शन, ८ जना पक्राउ

सोमबार, अष्ट्रेलिया । राजधानी क्यानबेरास्थित संसद भवन र प्रधानमन्त्री निवासमा वातावरणविदहरूले विग्रदो वातारणका कारण बालबच्चालाई सुरक्षीत राख्न नसकेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

एक महिला प्रर्दशनकारीले बिग्रँदो वातारवरणले बालबच्चा सुरक्षीत राख्न नसकेको भन्दै संसद भवन अगाडि बच्चा बोक्ने ब्यागमा आगो लगाएर विरोध प्रर्दशन गरेकी थिइन्।

frontline

यस्तै केही प्रर्दशनकारीले संसद भवनका भित्तामा वातावरण बचाउका नारासहित भित्तेलेखन गरेका थिए। 

प्रर्दशनकारीले प्रधानमन्त्री निवास बाहिर धुवाँ निस्कने प्रदार्थको प्रयोग गरेर सबैलाई आकर्षित गर्ने प्रयास गरेका थिए।

यसैबीच प्रहरीले प्रदर्शनमा उत्रिएका ८ जनालाई नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री स्कट मोरिसनले भने यस्तो आन्दोलनलाई मुर्खता र स्वार्थी कार्यको संज्ञा दिएका छन्। 

पछिल्लो समय अस्ट्रेलियामा कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै अधिकांश राज्य लकडाउनमा छन्।

कोरोना रोकथामका लागि सरकार लागिपरिरहेको बेला यस्तो प्रर्दशन हुनु स्वभाविक नभएको सरकारको जिकीर रहेको छ। 

शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको दुरूपयोग गर्दै सार्वजनिक सम्पत्ती तोडफोड गर्नु उचित नभएको सरकारका एक मन्त्रीले बताए। 

यता प्रर्दशनकारीले राज्य गम्भीर नभएका कारण ग्लोबल वार्मिङको चपेटामा अस्ट्रेलिया परेको आरोप लगाएका छन्। 

पृथ्वीको औसत तापक्रम चिन्ताजनक तरिकाले बढिरहेको छ र त्यसले मौसमी अवस्थामा उथलपुथल ल्याइदिन सक्छ। 

अहिले पश्चिम अमेरिकाले भोगिरहेको अत्यधिक चिसो त्यसको एउटा उदाहरण हुन भने अस्ट्रेलियाका केही भागमा बढेको अत्यधिक गर्मी र अफ्रिकाको सहेल क्षेत्रमा भइरहेको खडेरी र सुख्खा त्यसको अर्को उदाहरणका रुपमा रहेको हामी पाउँछौ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here