अवैध औषधीसहित दुई चिनियाँ नागरिक पक्राउ

१५ कात्तिक, संखुवासभाअवैध औषधीसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। जङ फुइन र उ् छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हाे।

संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छली ल्याएको औषधीसहित उनीहरु पक्राउ परेका हुन्। 

frontline

‘पिबीओजी’ लेखेको कृषि बालीमा प्रयोग हुने औषधी (रुद्राक्षको बोटमा छर्कने) लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड  र  संखुवासभाबाट खटिएको संयुक्त टोलीले लजमा छापा मारेको थियो।

कोठामा स्टोर गरी राखेको करिव ८०० के.जि. बराबरको ‘पिबीओजी’ औषधी भेटिएको प्रहरीले जानकारी दिएको छ। 

बरामद भएको औषधीसहित दुई चिनियाँ नागरिकलाई कारवाहीका लागि राजश्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको  छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here