अवरुद्ध भएको पोखरा बागलुङ सडक १६ घण्टापछि सुचारु

श्रोत : ईन्टरनेट

पर्वत । मङ्गलवार राती साढे १० बजेबाट अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ खण्ड झन्डै १६ घण्टापछि सुचारु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले सवारी बगाउनुका साथै सडक पुर्नुका साथै कटान गर्दा अवरुद्ध भएको सडक बुधवार दिउसो दुई बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताए ।

frontline

एक्स्काभेटर सहयोगमा लामो समयको मिहिनेतपछि बाढीसँगै आएका ढुङ्गा र रुखले पुरिएको सडकमुनिको सुरुङ खुलाएर सडकमा बगेको बाढीलाई पुरानै बाटोमा लैजान सकिएपछि सडक सञ्चालनमा आएको उनको भनाई छ ।

‘बिहान वर्षा रोकिएपछि बिस्तारै बाढीको बहाव कम हुँदै गयो । त्यसपछि एक्स्काभेटर सहयोगमा बुझिएको पानीको सुरुङ बाटोलाई खुलाउन सफल भइयो ।

बाटोबाटै बगिरहेको बाढी बाटोमुनिको सुरुङबाट बग्न थालेपछि एकतर्फी रूपमा भए पनि सडक सुचारु भएको छ’ उनले भने, ‘गए राती साढे १० बजेबाट नै दोबिल्लादेखि चुवासम्म र उता परादीसम्म अलपत्र परेका सवारीहरूलाई क्रमशः गन्तव्यमा पठाइएको छ ।’

सडक अवरुद्ध भएपछि साबिकको धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्ने सवारीहरू रोकिएका थिए ।

विवाहको लागि हिँडेका सवारी गएरातीदेखि सडकमै अलपत्र अवस्थामा रहेको भए पनि अहिले गन्तव्यमा गइसकेका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–कुश्मा–बागलुङ सडक खुले पनि पोखरा, कुश्मा, बागलुङ लगायतका ठाउँबाट जिल्लाको फलेवास तथा दक्षिणी भेगमा जाने दोबिल्ला–फलेवास सडक भने अवरुद्ध नै छ ।

कालोपत्रे गरिएको उक्त सडक खण्डमा बाटो नै पत्ता नलाग्ने गरी गेगर, हिलो र ढुङ्गा थुप्रिएका छन् । उक्त सडक खण्ड शाखा सडक भएका कारण फलेवास जोड्ने सडकभन्दा पहिले लोकमार्ग सुचारु गराइएको हो ।

सोही बाढीले गए राती साढे १० बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतका प्रोजेक्ट म्यानेजर र चालक सहित को हाइलक्स गाडी नै नै बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here