अल्जेरियासँग बराबरी खेल्दै अस्ट्रिया समूह उपविजेता, अल्जेरिया उत्कृष्ट तेस्रो बन्दै नकआउटमा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को अन्तिम खेलमा अल्जेरिया र अस्ट्रियाले बराबरी खेलेका छन्। कान्सास स्टेडियममा भएको खेलमा अल्जेरिया र अस्ट्रियाले ३-३ बराबरी खेलेका हुन्। पहिलो हाफमा अस्ट्रियाले अल्जेरिया विरुद्ध १-१ को बराबरी खेलेको थियो। दोस्रो हाफमा दुवै टोलीले थप २/२ गोल गरे।

अस्ट्रियाको लागि खेलको २८ औं मिनेटमा मार्को अर्नौटोभिकले गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा अल्जेरियाले गोल फर्कायो। अल्जेरियाको लागि रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। 

frontline

खेलको दोस्रो हाफमा अस्ट्रियाले गोल थप्योअस्ट्रियाको लागि मार्सल साबित्जारले खेलको ५५ औ मिनेटमा अस्ट्रियाको लागि गोल गरे। त्यसको पाँच मिनेट पश्चात् अल्जेरियाले गोल फर्कायो ।अल्जेरियाका लागि रियाद महरेजले अस्ट्रियाविरुद्ध बराबरी गोल फर्काएका हुन्।खेलको निर्धारित ९० मिनेटमा थप गरिएको समयमा अल्जेरियाले गोल गर्यो। अल्जेरियाको लागि रियाद महरेजले थप गरिएको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे। 

३-२ को अग्रता लिइरहेको अल्जेरियाले अन्तिम मिनेटमा गोल अस्ट्रियाका लागि सासा कालाद्जिकले गोल गरे।‌

यो बराबरीसँगै यी दुवै टोली नकआउटमा प्रवेश गरेका छन्। समूह चरणकै अन्तिम खेल रहेको यो खेलपश्चात अब नकआउट चरणको टुङ्गो लागेको छ।  समूहको उपविजेता भनेको अस्ट्रियाले स्पेनसँग खेल्नेछ। भने तेस्रो हुँदै नकआउट पुगेको अल्जेरियाले स्विट्जरल्यान्डसँग नकआउटमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here