अर्जुनचौपारी गाउँपालिका स्याङ्जाकै उत्कृष्ट
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ ।
गाउँपालिकाले स्वमूल्यांकनमा ९४ प्रतिशत अंक प्राप्त गर्दै पहिलो बनेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले आर्थिक वर्ष २०७९/२०८० को कार्यसम्पादन स्वमूल्यांकनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट भएको बताए ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा अहिलेसम्म स्याङ्जा जिल्लाको अर्जुनचौपारीसहित नौ स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाले संगठन तथा प्रशासन,वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहमा,न्यायिक कार्यसम्पादन ,सामाजिक समावेशीकरण र सहकार्य तथा समन्वयमा शत प्रतिशत अंक ल्याउन सफल भएको छ ।
हरेक पालिकाले माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्