अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव, जाडो बढ्ने, हिमपातको सम्भावना

फाइल तस्बिर

३ मङ्सिर, काठमाडौं । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

frontline

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू-भागहरूसहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार दिउँसो बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ। काठमाडौं उपत्यकामा बुधबार यो वर्षकै बढी चिसो महसुस गरिएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो। देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 यसैबीच भारतमा वायुप्रदूषण उच्च रहेको छ। जसको असर नेपालमा पर्न सक्ने विज्ञहरुले बताएका छन्। यस अगाडि पनि भारतमा प्रदूषण देखिँदा काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा वायु प्रदूषणको असर देखिने गरेको छ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here