अमेरिकी सेनाको एयर स्ट्राइकमा कसरी मारिए आईएसआईएस नेता अबू खदीजा

२ चैत, काठमाडौं । अमेरिकी सेनाले इराकको अल-अनबर क्षेत्रमा खुफिया अपरेशन सञ्चालन गरेकाे एयर स्ट्राइकमा आईएसआईएस नेता अबू खदीजा मारिएका छन्।
अमेरिकी सेनाको अपरेशनले आईएसआईएसको नेतृत्व तहमा ठूलो धक्का पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।




दुवैले लगाएको आत्मघाती ज्याकेट पहिरिएका भए पनि ती विस्फोट नभएको अवस्थामा फेला परेका थिए ।
अमेरिकी सेनाले खदीजाको सवारीलाई लक्षित गरेर आक्रमण गरेको थियो। अपरेशनमा इराकी सेनासँग संयुक्त रूपमा अमेरिकी सेनाले भाग लिएको थियो।
हमलापछि अधिकारीहरू घटनास्थल पुगेका थिए, जहाँ आत्मघाती ज्याकेट लगाएका दुवै मानिसको शव फेला परेका थिए।
सेनाले खदीजाको डीएनए परीक्षण गरेर पहिचान पुष्टि गरेको छ।
को थिए अबू खदीजा?
अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल-रिफाइ हो।
अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल-रिफाइ थियो । उनी सन् २००९ मा अल-कायदासँग आबद्ध भएका थिए । सन् २०११ मा जेलबाट भागेपछि २०१४ मा आईएसआईएसमा सामेल भए।
त्यसपछि उनी शीर्ष तहमा पुगेपछि इराक र सिरियामा संगठन विस्तार गरे। सन् २०१९ मा अबू बकर अल-बग्दादीको मृत्युपछि आईएसआईएको प्रमुख बने।
उनी आईएसआईएको ग्लोबल अपरेसन, योजना, र वित्तीय व्यवस्थापनका प्रमुख व्यक्ति थिए।
ट्रम्पले के भने ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खदीजाको मृत्युलाई महत्वपूर्ण विजय भनेका छन् ।
‘आईएसआईएसको भगौडा नेता मारिएको छ। हाम्रा बहादुर सैनिकहरूले लामो समयदेखि उसको खोजी गरिरहेका थिए, अन्ततः उसको अन्त्य भयो,’ उनले भने ।
इराकी प्रधानमन्त्रीको प्रतिक्रिया
इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले पनि यो कारबाहीलाई ठूलो सफलताको रूपमा चित्रित गरेका छन् ।
‘अबू खदीजा इराक र संसारका सबैभन्दा खतरनाक आतंककारीहरूमध्ये एक थियो। हाम्रो सेनाले उसको अन्त्य गरिदिएको छ,’ उनले भने ।
आईएसआईएसको पिलर
खदीजा आईएसआईएसको ग्लोबल अपरेसन, योजना तथा वित्तीय व्यवस्थापनमा प्रमुख भूमिकामा थिए। अमेरिकी सेनाका अनुसार, उनी आईएसआईएस संगठनका सबैभन्दा प्रभावशाली सदस्यमध्ये एक थिए।
इराकमा अहिले पनि २,५०० अमेरिकी सैनिक तैनाथ छन्। आईएसआईएको गतिविधिलाई नियन्त्रण गर्न इराक र अमेरिका मिलेर अपरेशन सञ्चालन गरिरहेका छन्।
सन् २०१७ मा इराक र २०१९ मा सिरियामा आईएसआईएसलाई ठूलो धक्का दिइएको थियो, तर संगठनका केही सदस्यहरू अझै सक्रिय छन्। अमेरिकी सेनाले सेप्टेम्बर २०२४ मा सिरियामा आईएसआईएस र अल-कायदासम्बद्ध समूहहरू विरुद्ध कारबाही गरेको थियो।
प्रतिक्रिया दिनुहोस्