अमेरिका र ताइवानले व्यापार वार्ता गर्ने

४ भदौ, न्युयोर्क । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।

पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार सहरिकरण, डिजिटल व्यापार र भ्रष्टाचारविरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।

frontline

२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो । दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छन् ।

‘हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौँ, जसले २१औँ  शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ’ अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भने ।

‘हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौं… जसले २१ औं शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ’ संयुक्त राज्य अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भनिन् ।

सन् २०२० मा ताइवान र अमेरिकाबीच झन्डै १०६ अर्ब डलर बराबर भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here