अमेरिकामा रहेकी उपसभामुखलाई शेखरको फोन, के-के भयो कुराकानी ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग कुराकानी गरेका छन् ।

उपसभामुख रानालाई हटाउने तयारीस्वरुप सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेकाबेला कोइराला र रानाले कुराकानी गरेका हुन् ।

frontline

यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. कोइरालाले भने हस्ताक्षर गरेका छैनन् । उनले केहीबेरअघि अमेरिकामा उपसभामुख राना मगरसँग कुराकानी गरेका थिए । एमाले–कांग्रेसले उपसभामुख हटाउने तयारीस्वरुप हस्ताक्षर गरिरहेका छन् ।

गत वर्ष पनि उपसभामुख राना मगरलाई हटाउन कांग्रेस र एमालेले तयारी गर्दा नेता कोइरालाले विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here