अमेरिकामा मङ्कीपक्स सङ्क्रमण पुष्टि

श्रोत : ईन्टरनेट

अमेरिका । अमेरिकामा दुर्लभ मानिन मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएपछि २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो महिनाको शुरुवातमा नाइजेरियाबाट टेक्सास निवासी एक व्यक्तिले यो रोग अमेरिका भित्र्याएको बताइएको छ ।

frontline

२ सय जनाभन्दा बढी सङ्क्रमितको सम्पर्कमा आएको आशंका गरिएको छ ।

सन् २००३ पछि अमेरिकामा पहिलोपटक मङ्कीपक्सको सङ्क्रमण भेटिएको हो । सङ्क्रमितलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था स्थिर रहेको बताइएको छ । हालसम्म थप नयाँ सङ्क्रमित फेला परेका छैनन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले ती व्यक्तिले प्रयोग गरेका दुई विमानका यात्रुहरु सङ्क्रमणको जोखिममा रहेको बताएको छ ।

ती व्यक्तिले गन ९ जुलाईमा नाइजेरियाको लागोसबाट जर्जिया एटलान्टाको विमान प्रयोग गरेका थिए भने त्यसपछि उनी त्यहाँबाट डालास उडेका थिए । त्यहाँ उनी अस्पतालमा भर्ना भएका छन् ।

सीडीसीले विमानमा सवारहरुको सूची तयार गरेर खोजी गरिरहेको छ । तर, विमानमा मास्क लगाउन अनिवार्य गरिएकाले जोखिम भने निकै कम रहेको बताइएको छ ।

स्मलपक्सकै समूहमा रहेको मङ्कीपक्स कम घातक रहेको सीडीसीको भनाइ छ ।

यो रोग मध्य र पश्चिम अफ्रिकी मुलुकको दुर्गम भेगमा पाइन्छ ।

सन् २००३ मा अमेरिकामा यो रोग फैलिँदा ४७ जनामा यसको सङ्क्रमण पुष्टि भएको थियो ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here