अमेरिकामा ओमिक्रोन संक्रमितको संख्या बढ्यो, ७८ प्रतिशत आइसीयु बेडहरू भरिभराउ

१७ पुस, वासिङ्टन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ।  सघन उपचार एकाई (आइसीयु)मा ७८ प्रतिशत बेडहरू भरिभराउ छन्। 

जर्ज वाशिङ्‍गटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा. जेम्स फिलिप्सले  उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ। 

frontline

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९ का घटनाहरू पाँच लाखभन्दा माथि छ।

योसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीयरूपमा बढेको छ। केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्यांकअनुसार बिहीबारसम्म ७८ प्रतिशत आइसीयु बेडहरू भरिएका छन् जसमध्ये २२ प्रतिशत कोभिड-१९ का बिरामीहरू छन्।

अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here