अमेरिकाद्वारा इरान समर्थित विद्रोहीमाथि हवाई आक्रमण

श्रोत : ईन्टरनेट

एजेन्सी । अमेरिकाले इरान समर्थित विद्रोहीहरुमाथि आक्रमण गरेको छ ।

अमेरिकी रक्षा विभागले एक विज्ञप्ति जारी गर्दै इराक र सिरियामा रहेका अमेरिकी मानिसहरुमाथि भएको ड्रोन हमलाबारे जवाफी कारबाही गरेको बताएको छ ।

frontline

राष्ट्रपति जो बाइडेनले इराक र सिरियाको सीमामा आक्रमण गर्न आदेश दिएको पेन्टागनले जनाएको छ ।

उनले अमेरिकाले गरेको कारबाही कानून सम्मत रुपमा आत्मरक्षाका लागि गरिएको बताएका छन् ।

पेन्टागनले इरान समर्थित समूहले आक्रमण गरेको बदला लिन इराक–सिरिया सीमामा लक्षित हमला गरेको जनाएको छ ।

उक्त हमलामा चार जना लडाकू मारिएको पेन्टागनको दाबी छ ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले ट्वीटमा भनेका छन्, ‘अमेरिकी सेनाले इरान समर्थित विद्रोही स्थान र उनीहरूको सुविधालाई आज बेलुका इराक र सिरिया सीमा क्षेत्रमा रक्षात्मक र छोटे हवार्य हमला गरे ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here