अब नेता होइन जनता बचाउने हो: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताएका छन्।

आज आइतबार चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागु पूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको जिकिर गरेका हुन्।

frontline

‘विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ। सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ।’ उनले भने।

गृहमन्त्री लामिछानेले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरू एक ठाउँमा उभिएको उल्लेख गरे। ‘अब मान्छे बचाउने होइन देश बचाउने हो। नेता बचाउने होइन जनता बचाउने हो’, उनले भने।

उनले गलत गतिविधि गर्नेहरू कानुनको दायरामा आउने भन्दै साना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गिन बनोस् भनेर शुभकामना दिए।

उनले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणी रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाए। पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here