अबधेश झा : कान्तिपुरको नाम जोडेर पत्रकारिताकै धज्जी !

१ फागुन, काठमाडौं । सरकार बिनाको राज्यको कल्पना गर्न सकिन्छ, तर पत्रकारिता बिनाको राज्यको कल्पना पनि सकिँदैन।’ कुनै पनि समाज र मुलुकका लागि पत्रकारिताको कति ठुलो भुमिका छ भन्ने दर्शाउन यति एउटा भनाइ काफी छ ।

तर, हरेक कुराको दुईटा पाटो हुन्छ भने झै नेपाली पत्रकारिताको पनि एउटा उज्यालो र अर्को अँध्यारो पाटो छ। उज्यालो पाटोको कुरा गर्दा नेपाली पत्रकारिताले छोटै अवधिमा गुणात्मक फड्को मारेको छ । नेपालको संविधानले ‘पूर्ण प्रेस स्वतन्त्रता’ प्रत्याभूत गरेको छ ।

frontline

मिडियाले सरकारमाथि खबरदारी गर्दै चौथो अंगको भूमिका सशक्त रुपमा निभाइरहेको छ । समाज र सरकार दुबै ठाउँमा नेपाली पत्रकारिताले आफ्नो बलियो उपस्थिति देखाएको छ ।

तर, हाम्रो पत्रकारिताका केही अँध्यारा पाटाहरु पनि छन् । नेपाली पत्रकारितालाई राजनीतिले जेलेको छ। पार्टीका भातृ संगठनको रुपमा पत्रकारले काम गरिरहेका छन् ।

यति मात्रै होईन, पत्रकारितामा देखिएको पछिल्लो समस्या भने जिटिल छ। एउटै समाचार नलेख्ने पत्रकारको संख्या देशमा धेरै छ । अर्कोतर्फ पत्रकारितालाई भजाएर खानका लागि पत्रकार वन्नको संख्या पनि कम छैन।

रीस उठेको मानिसलाई खुइल्याउन र ब्ल्याकमेलिङ गर्नका लागि मिडिया चलाउने धन्दा मौलाएको छ । कतिपय मानिस पत्रकारिताका नाममा रातारात करोडपति बनेका छन् ।

व्यापारी, दलाल, मन्त्री, ठेकेदार, दलका नेताहरु समेत पकारको परिचय पत्र बोकेर हिडेका छन् । सम्पत्ति शुद्धीकरण र नक्कली नागरिक्ताको मुद्दाबाट जोगिन पत्रकार बन्नेहरु पनि छन् ।

पत्रकारितालाई नियमन गर्नुपर्ने प्रेस काउन्सिलजस्ता संस्थामा आवश्यकताका आधारमा भन्दा पनि पार्टीको कोटामा भर्ती गर्ने चलन छ। जसका कारण कार्वाहीको दायरामा ल्याउनु पर्नेलाई साँढे वनाएर छोडिएको छ भने विशुद्ध पत्रकारिता गर्ने पत्रकारलाई अपराधीलाई प्रहरीले उभ्याए झै कार्यालयमा हाजिर गराएर अपमानजनक ब्यवहार गर्ने गरिएको छ।

जसको असर अहिले समाजमा देखिन थालेको छ। देश र समाजका समस्या एकातिर छन्, तर पत्रकारको धन्दा अर्कोतिर छ। पछिल्लो समय त पत्रकारहरु स्थानीय तहका विकास निर्माणका काममा उपभोक्ता समितिको सदस्य वस्न र ठेक्कापट्टा गर्न हारालुछ गरिरहेका छन् ।

प्रदेश सरकारमा पहुँच वनाएर योजना ल्याउने र नाफा कमाउँनेदेखि पार्टीको पहुँचमा स्थानीय तहमा अनुचित लाभ लिने कर्ममा समेत पत्रकार लागेका छन् ।

यसको पछिल्लो उदाहरण कान्तिपुरका लागि सप्तरी कार्यक्षेत्र वनाएर काम गरिरहेका पत्रकार अवधेश झा हुन । उनी केही समय अघिसम्म नेपाली कांग्रेस समर्थित पत्रकारहरुको संगठन प्रेस युनियनमा थिए।

त्यही संगठनबाट उनी पत्रकार महासंघको केन्द्रीय सदस्यसम्म भए। तर, राजनीतिले स्वरुप परिवर्तन गरेपछि उनले पनि पार्टी परिवर्तन गरेका छन् । अहिले उनी जनता समाजवादी पार्टी अन्तर्गतको नेपाल प्रेस मंचका केन्द्रीय महासचिव हुन ।

पत्रकारहरु प्राय कुनै न कुनै संगठनमा आवद्ध छन्। झाले पनि संगठनमा लाग्नु समस्या होईन। तर, त्यही संगठनको आडमा अनुचित फाईदा लिन उनी सवैभन्दा अगाडि छन् ।

पहिलो त उनीसँग कान्तिपुर जस्तो ब्राण्डेड हतियार छ । दोस्रो तर्फ मधेशमा सवैभन्दा ठुलो दलका रुपमा रहेको जसपाको पत्रकार भएको पहिचान छ।

झाले यीनै दुईटा हतियार देखाएर अहिले स्थानीय तहमा लुट मच्चाएका छन्। उनको यो धन्दामा मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहको पनि साथ छ। जसपाले जितेका सप्तरीका अधिकांश स्थानीय तहमा मन्त्री साहले पत्रकारको झाको नाम सिफारिस गरेका छन् ।

ति स्थानीय तहको विज्ञापनदेखि समाचारसम्ममा झाको नियन्त्रण छ। उनले समाचार लेखे बापतको पैसा समेत स्थानीय तहबाट उठाउने गरेका छन् । राजविराज नगरपालिकाका मेयर शम्भु यादवको अन्तर्वार्ता छापे बापत उनले ८ लाख रुपैयाँ असुल गरेको चर्चा छ।

मेयर यादवसँग झाको उठवस राम्रो छ। राजविराज नगरपालिकाका कतिपय कर्मचारीले झालाई निमित्त मेयर भन्ने गरेका छन् । 

तिलाठी कोईलाडि गाउँपालिकाबाट पनि उनले समाचार लेखन बापत लाखौ रुपैयाँ लिएको त्यहाँका कर्मचारीहरु वताउँछन् । हनुमाननगर कंकालिनी नगरपालिकामा झाको टिमले व्रम्हलुट मच्चाएको छ।

त्यो नगरपालिकाले अवधेशलाई मासिक एक लाखका दरले पैसा वुझाउँने गरेको सप्तरीका पत्रकारहरुका विचमा चर्चा छ। 

उक्त नगरपालिकाले झाले अघिल्लो पत्रकार महासंघको निर्वाचनमा ५ लाख रुपैयाँ नगद दिएको वताईन्छ। पछिल्लो समय सिके राउत नेतृत्वको जनता समाजवादी पार्टीले आयोजना गरेको किसान आन्दोलनका क्रममा स्थानीय एक जनप्रतिनिधिलाई दुब्र्यवहार गरेको भन्दै पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

त्यो पत्रकार सम्मेलनमा को पत्रकार जाने ? भन्ने नामावली झाले नै तयार गरेका थिए । त्यस बापत उनले १ लाख रुपैयाँ लिएको चर्चा छ।

माथि उल्लेख गरिएका बाहेक महादेवा र अग्निसाईर कृष्णा सवरण गाउँपालिका तथा वोदेवरसाईन र खडक नगरपालिका पनि झाका दुहुना गाई हुन । ति नगरपालिकाले पार्टीको पत्रकार भन्दै झालाई सक्दो सहयोग गर्ने गरेका छन् । यी स्थानीय तहमा उनले मिलाएर रकम लिने गरेका छन् ।

तर, बलान विहुल गाउँपालिकामा भने झाले समाचार लेखिदिन्छु भन्दै पैसा मागेको कर्मचारीहरुले वताएका छन् । उनले पैसाको लागि म्यासेज गरेर धम्याउने गरेका छन् ।

निश्चित एमाउण्ट तोकेर ‘यति पैसा दिने भए देउ नत्र फलानो समाचार लेखिदिन्छु’ भनेर म्यासेज गर्ने गरेको पाईएको छ। म्यासेज गर्न उनले नियमित प्रयोगमा भएको मोवाईल नम्बर प्रयोग गरेका छैनन्। तर, म्यासेजको अन्त्यमा ‘अवधेश झा/कान्तिपुर समाचारदाता’ लेखिएको छ।

यसैगरी, तत्कालिन कृषि मन्त्री शैलेन्द्रप्रसाद साहसँग मिलेर झाले मन्त्रालयको करिव २ करोड रुपैयाँ झ्वाम पारेका छन् । उनले सप्तरीको राजविराज–भारदह सडकखण्डमा पर्ने तोपा वजारमा २ करोड १३ लाखको सेड बनाउने जिम्मा लिएका थिए।

श्रीमती पम्मी झालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर करिव १५ लाखको काम गरी अरु पैसा झ्वाम पारेको वताईन्छ।

शैलेन्द्र प्रसाद साह अर्थमन्त्री भएपछि पनि विभिन्न ठाउँमा ढलानको काम गर्ने भनेर उनले मन्त्रालयमा योजना पेश गरेका छन्। मन्त्रालयमा उसको काम गर्दिन मन्त्रीले निर्देशन दिएको कर्मचारी स्रोतले वताएको छ।

पत्रकार झाले मन्त्री, पार्टी र कान्तिपुरका व्राण्ड प्रयोग गरेर धेरै स्थानीय तहमा अनुचित फाईदा लिएका छन् । कतिपय स्थानीय तहले पार्टीको पत्रकार भनेर सहयोग गरिरहेका छन् भने कतिपय स्थानीय तहका कर्मचारीले डरैले पनि उनलाई सहयोग गर्ने गरेका छन् ।

माथि उल्लेख गरिएका सवै स्थानीय तहका मेयर र केही कर्मचारीसँग कुरा गर्दा उनीहरुले अफ द रेकर्ड झाको विषयमा वताए । तर, समाचार वनाउने भन्ने वित्तिकै उनीहरु डराउने गरेका छन् । अधिकांश स्थानीय तहले झालाई विज्ञापन दिने गरेको विषय भने स्विकारेका छन् ।

मन्त्री शैलेन्द्र साहले भने पत्रकार झाले आफुसँग कुनै फाईदा नलिएको दावी गरे । झा भने आफनो काम पत्रकारिता भएकोले त्यो भन्दा फाल्टु सोच आउने वित्तिकै आफुले पेसा परिवर्तन गर्ने दावी गर्छन।

कान्तिपुरले आफुलाई समाचार लेख्नका लागि राखेको वताएका उनले विज्ञापन खोज्ने पनि आफनो काम नभएको बताए । यद्यपी कसैले खोजेर दिए विज्ञापनसम्म लिने गरेको उनले स्विकार गरे।

अनुचित फाईदा लिएको प्रमाणित भए जुनसुकै कारवाही भोग्न आफु तयार रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here